नेपाल प्रिमियर लिग-२०२५ः काठमाण्डू गोर्खाजको दोश्रो जित, चितवन राइनोज ५३ रनले स्तब्ध
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजले तेस्रो जित निकालेको छ ।
काठमाण्डूले शुक्रबार चितवन राइनोजविरुद्ध ५३ रनको सहज जित निकालेको हो ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १७.२ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।













