कीर्तिपुर नगर क्षेत्रमा मंसिर १४ गते आइतबार स्थानीय सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका क्षेत्रमा आउँदो आइतबार (मंसिर १४ गते)  सार्वजनिक बिदा दिइएको छ ।

कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले सो दिन सार्वजनिक बिदा दिने भएको हो ।

नगरपालिकाको गत मंसिर ८ मा बसेको कार्यपालिका बैठकले आउँदो आइतबार नगरपालिका क्षेत्रमा स्थानीय  बिदा दिने निर्णय गरेको हो ।

कीर्तिपुर र चन्द्रागिरिका विभिन्न शक्तिपीठबाट सो दिन तीनथानास्थित विष्णुदेवी मन्दिरमा रथयात्रा गरि सात गाउँले जात्रा मनाइँदैछ ।

जात्राका अवसरमा चन्द्रागिरि नगरमा सात गाउँले जात्रा मनाइने विभिन्न ७ वटा वडामा पनि बिदा दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *