चार वर्षे कार्यकाल पूरा गर्दै बिदा भए राखेप सदस्यसचिव घिसिङ

Thankot Times

थानकोट ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा १३ मंसिर २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङ राखेपको २३ औँ सदस्य सचिवमा नियुक्त भएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले रमेश सिलवाललाई बर्खास्त गरेपछि राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले सिफारिस समिति गठन गरेको थियो।

उनलाई शुक्रबार मन्त्रालयबाट बिदाइ गरिएको हो । उनको बिदाइपछि अब युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास ऐनअनुसार नयाँ सदस्यसचिव नियुक्तिको प्रक्रिया अगाडि बढाउने छ।

नयाँ सदस्य सचिवका लागि सिफारिस समिति गठन गर्ने र प्राप्त नामहरूमध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले नियुक्त गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *