‘जेन-जी’का मुद्दा छिटो टुंग्याउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (मंसिर १२) ‘जेनजी’ आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छन् ।

सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘जेनज’ प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए । सरकारका अधिकारीहरूले ‘जेनजी’का तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए ।

प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुंग्याउन निर्देशन दिइन् ।

“अब यो विषय धेरै लम्ब्याउनु हुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस् । पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ, हेर्नुहोस् । सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म व्यहोरौँला । मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्दैन ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *