पत्रकार वीरेन्द्र आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै आफन्त आन्दोलित

Thankot Times

थानकोट ।

प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको घटनामा आफन्तहरू आन्दोलित बनेका छन् ।

गएराति आचार्य सवार स्कुटर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ को कार्यालयअगाडि मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा परेको थियो ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत मूलपानीबाट भुरेलीतर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र ३४ वर्षीय आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते शुभकालिका गाउँपालिका– १, घर भई हाल वीरेन्द्रनगर– १, बस्ने आचार्यको उपचारको क्रममा गएराति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै अहिले मूलपानी चोकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तले घटनाको निष्पक्ष छानबिन गरी पीडकलाई कारबाही र मृतक आचार्यका परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *