चन्द्रागिरि अन्तर माध्यमिक विद्यालय वादविवाद प्रतियोगितामा ब्राइट फ्यूचरका हर्षित प्रथम

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका अन्तर माध्यमिक विद्यालय वादविवाद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

थानकोट चेकपोष्टस्थित प्रभात माविमा चन्द्रागिरि नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगितामा नगर क्षेत्रका ७ विद्यालयका ३५ जना विद्यार्थीले सहभागिता जनाएको चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

सामाजीक सञ्जाल वरदान कि अभिशाप शीर्षकमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबीच भएको सो वादविवाद प्रतियोगितामा नैकापस्थित ब्राइट फ्यूचर माविका हर्षित न्याैपानेले पहिलो स्थान प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगितामा ब्राइट फ्यूचर मावि नैकापकी रिभा खड्का र विष्णुदेवी शिक्षा सदन मावि सतुङ्गलकी अनिता कुमारी जोशीले संयुक्त रुपमा दोश्रो स्थान प्राप्त गरे ।

यस्तै, बलम्बु मावि, बलम्बुका महादेव पाध्यले तेस्रो स्थान हासिल गर्दा प्रतियोगितामा थानकोटस्थित मंगलोदय माविकी करिष्मा लावड र बलम्बु माविकी प्रिन्स थापाले सान्त्वना स्थान हात पारे ।

प्रथम हुनेले ५ हजार रुपैयाँ, दोश्रो हुनेले ३ हजार रुपैयाँ, तेस्रो हुनेले २ हजार रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्ने प्रतिस्पर्धीले समान १-१ हजार रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *