नेपाल प्रिमियर लिग-२०२५: पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटले विजयी

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ ।

प्रतियोगितामा पाँचौँ खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो ।

लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । त्यसयताका तीन खेलमा भने लुम्बिनीले कर्णाली याक्सविरुद्ध नौ विकट, काठमाण्डू गोर्खाजसँग २२ रन र सुदूरपश्चिम रोयल्ससँग सात विकेटको हार व्यहोरेको थियो ।

पोखराको भने चौथो खेलमा यो तेस्रो हार हो । पोखराले पहिलो र दोस्रोमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग क्रमशः ५३ र १८ रनको हार व्यहोरेको थियो । पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको थियो ।

शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *