नागढुङ्गा नाकाबाट यसकारण समातिए विशाल
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एक जना पुरुष शुक्रबार बेलुकी समातिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित गोरखा, पालुङटार नगरपालिका-८ बस्ने ३१ वर्षीय बिशाल तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००३-००१ ख ३३६६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।












