रिभल्भरसहित सोल्टीमोडबाट एकजना पक्राउ

Thankot Times

थानकोट ।

रिभल्भरसहित काठमाडौंबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ का ३० वर्षीय सन्तोष गुरुङ छन् ।

उनी काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडमा बस्दै आएका थिए ।

रिभल्भर एकथानसहित शुक्रबार (मंसिर १२) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले सन्तोषलाई उक्त रिभल्भरसहित फेला पारी पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *