चन्द्रागिरि केबलकारमा उत्पन्न प्राविधिक समस्या समाधान, केही दिन टेस्ट रन अनि मात्रै नियमित सेवा

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारमा गत कार्तिक २४ मा देखिएको प्राविधिक समस्या समाधान भएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

गत भदाै २४ गते प्रदर्शनकारीहरूले तोडफोड, लुटपाट र आगजनी गरेपछि क्षतिग्रस्त बनेको सो केबलकार मर्मतपछि कार्तिक २२ गते पुनः सञ्चालनमा आएकोमा कार्तिक २४ मा समस्या निम्तिएपछि केबलकार सेवा बन्द गरिएको थियो ।

सो केबलकारको निर्माता अष्ट्रियाली कम्पनीका प्राविधिकको सहयोगमा केबलकारको प्राविधिक जाँच तथा केही उपकरण फेरबदल भएसँगै केबलकार शुक्रबार (मंसीर १२ गते) बाट परीक्षण सुरु गरिएको हो । यद्यपी अझै केहीदिन केबलकार टेस्ट रनका लागि छाडिनेछ र सो पछि मात्रै यात्रुहरूका लागि केबलकार सेवा सुचारु हुने कम्पनीका एक प्रतिनिधिले थानकोट टाइम्ससँग भने ।

मंसीर १५ गते सोमबारसम्म टेस्ट रनको तालिका बनाइएको र सो पछि क्षमा पूजा गरिएपछि केबलकार सेवा खुला गरिने चन्द्रागिरि हिल्सको तयारी छ ।

गत भदाै २४ गते भएको तोडफोड, लुटपाट, र आगजनीले चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीको दाबी छ ।

भदाै २४ को घटनामा चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *