रास्वपा र विवेकशील साझा पार्टीको एकता घोषणा भोलि आइतबार

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुने भएको छ।

भोलि आइतबार (मंसीर १४ गते) दिउँसो २ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा एकता घोषणा सभाको आयोजना भएको छ।

गत बुधबार बसेको विवेकशील साझाको केन्द्रीय समितिको बैठकले रास्वपासँग एकताको निर्णय गरेको थियो।

विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र अर्का नेता रञ्जु दर्शनाका अनुसार रास्वपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकारी निसर्त एकताको घोषणा भएको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *