एमालेको ११औं महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. ९ बाट निर्वाचित भए यी पाँच जना प्रतिनिधि

Thankot Times

थानकोट ।

नेकपा एमालेको आसन्न ११औं  महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. ९ बाट प्रतिनिधित्व गर्ने सबै पाँच जनाको टुंगो लागेको छ ।

महाधिवेशन प्रतिनिधिका लागि मंसिर १० गते भएको उम्मेदवारको मनोनयनका क्रममा विभिन्न क्लस्टरमा गरि ३४ जनाले आकांक्षा देखाएपछि प्रतिनिधि चयनका लागि शनिबार निर्वाचन गरिएको थियो जहाँबाट पाँच जनाले निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै महाधिवेशनमा सहभागी हुन अवसर पाएका हुन् ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडा पर्छन् भने चन्द्रागिरि नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नं ६, ७, ८, ९ र १० पर्छन्।

यस क्षेत्रबाट नेकपा एमालेको आसन्न ११औं  महाधिवेशनका लागि केशव प्रसाद पाेखरेल, .ई उत्तम बहादुर राउत, रन्जु खड्का, सानुमैया खड्का र ई. पुर्ण कुमार तण्डुकार प्रतिनिधिका रूपमा चयन भएका हुन् ।
एमालेले यही २७ देखि २९ मंसिरसम्म भक्तपुरमा ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *