सुनचाँदीको भाउ बढ्यो
थानकोट ।
कारोबार हुने यस साताको पहिलो दिन आज आइतबार नेपाली बजारका सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय कायम भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार ४ सय ९० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार १ तोला चाँदी ३ हजार ३ सय ४५ मा कारोबार भएको थियो ।












