भोलि सोमबारबाट चन्द्रागिरि केबलकार सुचारु हुने, पहिलो दिन टिकटको मूल्यमा २५ प्रतिशत छुट

Thankot Times

थानकोट ।

कार्तिक २४ गतेबाट बन्द रहेको चन्द्रागिरि केबलकार भोलि (मंसिर १५) सोमबारबाट सुचारु हुने भएको छ ।

लगातार ६० दिन बन्द भएको चन्द्रागिरि केबलकार कार्तिक २२ र २३ का दिन सञ्चालन भएकोमा प्राविधिक समस्या देखिएपछि कार्तिक २४ बाट बन्द रहेकोमा भोलि सोमबारबाट पुनः सुचारु हुन लागेको हो ।

सोमबार केबलकारको टिकटमा २५ प्रतिशत छुट दिइने चन्द्रागिरि हिल्सले जनाएको छ ।

केबलकार सेवा बिहान ८ बजेबाट सुरु हुने र साँझ ६ बजेसम्म यात्रा गर्न सकिनेछ ।

भदाै २४ को घटनामा चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति

भदाै २४ गते थानकोटस्थित चन्द्रागिरि केबलकारको बटन स्टेशन आगजनीपछि चन्द्रागिरि केबलकार सेवा अवरुद्ध बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *