चर्चामा मन्त्री घिसिङ र मेयर बालेनको फोटो

Thankot Times

थानकोट ।

उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।

आइतबार (मंसीर १४) साँझ घिसिङले फेसबुकमा लेखेका छन्– ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’

बालेन सचिवालयका अनुसार यो भेट मंसीर १३ गते शनिबार बालेनकै निवासमा भएको हो ।

उज्यालो नेपाल पार्टीले मंसिर १७ गते पार्टीको घोषणासभा आयोजना गर्ने तयारी भइरहेका बखत यो तस्बिर सार्वजनिक भएपछि विभिन्न कोणबाट टीकाटिप्पणी सुरु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *