काठमाडाैं महानगरका मेयर बालेन्द्र शाहलाई पितृशोक
थानकोट ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।
शाहको ७७ वर्षको उमेरमा निधन भएको हो । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टी हुने बताइएको छ ।

(*यसअघि समाचारमा प्रयोग भएको फोटो फरक पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ । सं.)












