सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सोमबार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी सोमबार चाँदीको भाउ पनि बढेको छ ।

अघिल्लो दिन ३ हजार ४ सय ९० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा चाँदीको भाउ सोमबार प्रतितोला ४५ रुपैयाँले बढेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *