मेयर बालेन शाहका बुबाको पशुपति आर्यघाटमा अन्त्येष्टि
थानकोट ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका बुबा रामनारायण शाहको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा उपचारका क्रममा आज साढे १२ बजे ७७ वर्षको उमेरमा उनको निधन भएको थियो ।
दिवङ्गत शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै दिउँसो सवा ३ बजे पशुपति आर्यघाटमा राखिएको थियो ।
बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए । ऊर्जा, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ पनि पशुपति आर्यघाट पुगेका थिए ।
त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।












