एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा नेपाल यूएईसँग २७ रनले पराजित
थानकोट ।
नेपाली टोली टोली सोमबार सम्पन्न एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग २७ रनले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयोजक यूएईले निर्धारित ५० मध्ये ४५.५ ओभरमा अलआउट हुनुअघि एक सय एक सय ४७ रन बनाएको थियो ।
सामान्य विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ३३.२ ओभरमै अलआउट हुनुअघि एक सय २० रनमात्र बनाउन सक्यो ।
कमजोर ब्याटिङ नेपाली टोलीको हारको कारण बन्यो । नेपाली टोली ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पेभेलियन फर्कनेक्रम जारी रह्यो ।
टोलीको कुल स्कोर १६ रन पुग्नुअघि नै नेपालले चार विकेट गुमाएको थियो । ओपनर निरज कुमार यादव एक रनमै आउट भए । अर्का ओपनर वंश क्षेत्री पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका निश्चल क्षेत्री पनि एक रनमै पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान दर्श सोनारले त खातासम्म खोल्न सकेनन् ।













