जान्नुहोस आज मंगलबार दिनभरको माैसम
थानकोट ।
देशका केही भू-भागमा आज आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेट । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।
हाल कोसी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।












