चन्द्रागिरि- १३ पुरानो नैकापमा भोलि बुधबार शोक बिदा
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं १३ पुरानो नैकापमा भोलि बुधबार शोक बिदा दिइने भएको छ।
मंगलबार (मंसिर १६) एक सूचना जारी गर्दै वडा कार्यालयले सो वडा क्षेत्रका सफाईकर्मी प्रेम थापाको निधन भएको शोकमा बुधबार ( मंसिर १७ गते) वडा क्षेत्रमा शोक बिदा दिने निर्णय भएको जनाएको हो ।
वडाध्यक्ष श्रीकृष्ण खत्रीका अनुसार बुधबार सो वडाका वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालय शोक बिदाका कारण बन्द रहनेछन्।













