नेपाल प्रिमियर लिग-२०२५ः जनकपुर बोल्ट्सको पहिलो जित
थानकोट ।
जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दै पहिलो जित दर्ता गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले ।
३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले ।
३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए ।













