मधेसका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने
थानकोट ।
मधेसका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलि दिउँसो २ बजे विश्वासको मत लिने बताएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिँदै उनले भने ‘बुधबार दिउँसो २ बजेसम्म विश्वासको मत लिनेछु ।’
उनले विश्वासको मत लिनको लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाउन लागेको बताए ।
मुख्यमन्त्री यादवले आफूलाई प्रदेशसभा सदस्यहरूले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।












