महिला मैत्रिपूर्ण फुटबलः चाइनिज ताइपेइसँग नेपाल १-० ले पराजित

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेइसँग पराजित भएको छ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा मंगलबार साँझ सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेइसँग १–० गोलले पराजित भएको हो । खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो ।

चाइनिज ताइपेइको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन् । उनले खेलको ५३औँ मिनेटमा गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गरिन् । फिफा महिला फुटबलको वरियतामा चाइनिज ताइपेइ ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा रहेको छ ।

यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

त्यस्तै चाइनिज ताइपेइले इन्डोनेसियालाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *