एसीसी यू-१९ प्रिमियर कपको उपविजेता बन्दै स्वदेश फर्कियो नेपाली टोली

Thankot Times

थानकोट ।

एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ ।

मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघले स्वागत गरेको थियो ।

एसीसी पुरुष यू-१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ । नेपाल फाइनलमा आयोजक यूएईसँग २७ रनले पराजित भएको थियो ।

प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली एसिया कपमा छनोट भएका छन् ।

यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा आयोजना हुँदै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *