सी डिभिजन छनोट लिगः थानकोटको वीआर व्रदर्श दोश्रो चरणमा प्रवेश

Thankot Times

थानकोट ।

अन्तिम र निर्णायक खेलमा हुम्ला फुटबल एकेडेमीले विवाद गरी खेल बहिस्कार गरेपछि सी-डिभिजन छनोटमा अन्योलमा रहेको थानकोटको वीआर व्रदर्श फुटबल क्लब (हामी दाजुभाई)ले अन्ततः न्याय पाएको छ ।

गत मंसिर १० गते हुम्ला फुटबल एकेडेमी र हामी दाजुभाई क्लबीच भएको खेलमा खेलको ७९ औ मिनेटमा म्याच रेफ्रीले हामी दाजुभाई फुटबल क्लबलाई पेनाल्टी प्रदान गरेको र सो निर्णय उपर हुम्ला फुटबल एकेडेमीका खेलाडी तथा अफिसियलहरूले विवाद गरी खेल बहिस्कार गरेकोमा सो पछि उक्त विवरणसहित हामी दाजुभाईले अघिल्लो चरणमा प्रवेश गर्न निवेदन दिएपछि एन्फाको शहिद स्मारक सी डिभिजन लिग क्वालिफायर प्रतियोगिता सञ्चालन समितिको बैठक र सो लिग क्वालिफायर प्रतियोगिता नियमावलीको बुँदा नं. ६.३ अनुसार हामी दाजुभाईले खेलको ७९औं मिनेटसम्म गरेको ५ गोल र थप ३ गोल गरी ८-० को अन्तरले हामी दाजुभाईलाई विजयी घोषणा भएपछि हामी दाजुभाईले अघिल्लो चरणका लागि स्थान सुरक्षित गरेको हो । 

समुह चरणमा अंकतालिकाको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा प्रवेश गर्ने प्रावधान रहेकोमा हामी दाजुभाईले अन्तिम खेलमा हुम्ला फुटबल एकेडेमी विरुद्ध कम्तीमा ६-० को जित निकाल्नु पर्ने अवस्थामा हामी दाजुभाईले ५ गोल गरिसकेपछि खेलमा हुम्लाले विवाद गर्दै खेल बहिष्कार गरेको थियो । 

लिखुले हुम्ला माथि ६-१ ले जित हात पारेको थियो भने लिखु र हामी दाजुभाईले समान २-२ को बराबरी खेलेका थिए । 

एन्फाको मंसिर १३ को निर्यणपछि हामी दाजुभाईले समुह बी मा शीर्षस्थानमा रहँदै अघिल्लो चरण प्रवेश गरेको हो । 

यो समुहमा थानकोटको हामी दाजुभाई फुटबल क्लब। रामेछापको लिखु भुजी युथ क्लब र हुम्ला फुटबल एकेडेमी रहेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *