यसकारण नागढुङ्गाबाट समातिए २७ वर्षीय दिपेन्द्र
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित एक जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समचार कक्षका अनुसार जुम्ला चन्दननाथ नगरपालिका-४ बस्ने २७ वर्षीय दिपेन्द्र कुमार सार्की रम्तेल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र ००१-००१ ख ०८७९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।












