सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँ बढेर दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको हो ।

अघिल्लो कारोबार दिन हिजो मंगलबार सुनको भाउ तोलाको दुई लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १ सय १० रुपैयाँ बढेको छ ।

अघिल्लो कारोबरा दिन हिजो मंगलबार प्रति तोला ३ हजार ५ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ बुधबार १ सय १० रुपैयाँ बढेर तोलाको ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *