मकवानपुरको थाहा नगरमा मंसिर १९ गते सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिकामा मंसिर १९ गते शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।

बुधबार (मंसिर १७) एक सूचना जारी गर्दै नगरले मंसिर १९ गते शुक्रबार लाग्ने इन्द्रायणी माईको ३ वर्षे जात्राका अवसरमा सो दिन नगर क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलका अनुसार कार्तिक ३० गते बसेको थाहा नगर कार्यपालिका बैठकबाट यस बिदाका बारेमा निर्णय भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *