यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा, नेपालको पहिलो खेल श्रीलंकासँग

Thankot Times

थानकोट ।

एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो ।

प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् ।

प्रतियोगिताका खेलहरू आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् ।

नेपालको पहिलो खेल श्रीलंकासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । दोस्रो डिसेम्बर १५ मा बंगलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ ।

नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् ।

दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् ।

उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *