थानकोट जेसीजको आयोजनामा मंसिर २६ बाट दुईवटा विधामा फुटसल प्रतियोगिता सुरु हुने
थानकोट ।
थानकोट जेसीजको आयोजनामा मंसिर २६ बाट दुईवटा विधामा फुटसल प्रतियोगिता सुरु हुने भएको छ ।
सो संस्थाको आयोजनामा चन्द्रागिरि अन्तर वडा कप र महिला फुटसल कप प्रतियोगिता सुरु हुन लागेको हो ।
मच्छेगाउँस्थित मत्स्य फुटसलको एरिनामा हुने प्रतियोगिता मंसिर २७ गते सकिनेछ ।
चन्द्रागिरि अन्तर वडा कपको उपाधि जित्नले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता टोलीले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाउने बताइएको छ ।
महिला फुटसल कप प्रतियोगिताको उपाधि विजेताले १५ हजार रुपैयाँ तथा उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने थानकोट जेजीजका अध्यक्ष विराज शाहीले जानकारी दिए ।












