कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाअध्यक्ष भीमसेन थापाको निधन
थानकोट ।
कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।
उनको हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए ।
वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिका अन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ ।













