एफिनिटी हबको दशौं सम्मेलन सम्पन्न

Thankot Times

थानकोट ।

क्वेष्ट नेपाल अन्तर्गतको एफिनिटी हबको दशौं सम्मेलन शुक्रबार सम्पन्न भएको छ।

नागार्जुन नगरपालिका सीतापाइलास्थित निर्वाना एकेडेमीमा काठमाडौ जिल्ला नागार्जुन नगरपालिका र चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न ८ वटा विद्यालयका १०६ जना विद्यार्थी सहभागी भएको उक्त सम्मेलनमा विद्यार्थीले आफूले भोगेका समस्याहरूको समाधान गरेको घटना अध्ययन (केस स्टडी) प्रस्तुति, सहयोगी कला र कोलाज प्रतियोगिता, सहयोगी कथा निर्माण प्रतियोगिता तथा योगको कार्यशालासहित सञ्चालन गरिएको थियो ।

उक्त सम्मेलनमा पर्यवेक्षकको रूपमा ललितपुरका विभिन्न छ वटा विद्यालयका विद्यार्थीहरू पनि सहभागी भएका थिए।

सम्मेलनको उद्घाटन सत्रमा नागार्जुन नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष महेश रिमाल क्वेष्ट नेपाल राष्ट्रिय परिषद् अध्यक्ष ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल सुरिना सुनयनी गुरुङ , क्वेस्ट नेपालका अध्यक्ष नारदकुमार रिजाल, क्वेस्ट नेपालका वरिष्ठ सल्लाहकार तथा निर्माणा एकेडेमीका प्रिन्सिपल निराजन अधिकारी, क्वेस्ट नेपालका उपाध्यक्ष तथा नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष मोहन कुमार कार्की, ब्राइट किन्डर वर्ल्डका प्रिन्सिपल मोहित कार्की, पिनाकल कलेज स्कलर एकेडेमीका प्रिन्सिपल निमिराज घिमिरे रिचा स्कुलका प्रिन्सिपल सतिश खड्का लगायत उपस्थित भएको बताइएको छ ।

सम्मेलनको अध्यक्षता एफिनिटी हबका संयोजक लक्ष्मीराज दाहालले गरेका थिए ।

विद्यार्थीहरूको व्यक्तित्व विकासको लागि शिक्षामा गुणस्तरीयता निर्माणका लागि क्वेष्ट नेपालले करिब २ दकशदेख नै विविध गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *