नेपाल प्रिमियर लिग-२०२५ः सुदूरपश्चिममाथि विराटनगरको शानदार जित
थानकोट ।
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई विराटनगर किङ्ग्सले पराजित गरेको छ।
खेल विराटनगरले ६ विकेटले जितेको हो।
कीर्तिपुरस्थित रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनाएको थियो।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
पहिलो क्वालिफायरमा स्थान बनाउन आज विराटनगरले सुदूरपश्चिमको लक्ष्य १३.४ ओभरभित्र पूरा गर्नुपर्ने समीकरण थियो ।












