नेपाल प्रिमियर लिग-२०२५ः पोखराको सान्त्वना जित, चितवन आठ विकेटले पराजित

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न दिनको दोश्रो खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङ्टनको अर्धशतकमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा १२१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेट गमाउँदै पूरा गर्‍यो ।

यो जितसँगै पोखराले पाँचौँ स्थानमा रही प्रतियोगिता टुंगाएको हो ।

पोखराले कुल सात खेलमा तीन जित र चार हारसहित ६ अंक जोडेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *