शहिद स्मारक सी डिभिजन लिग छनोटमा थानकोटको वीआर ब्रदर्शको यात्रा सकियो

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर ४ गतेबाट सुरु गरेको शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिताअन्तर्गत आज (मंसिर २१) बाट दोश्रो चरणका खेलहरू सुरु भएको छ।

३९ टोलीले सहभागिता जनाएको प्रतियोगिताको समुह चरणमा अंक तालिकामा शीर्ष स्थानमा रहेका १३ टोलीबीच नकआउट चरणका खेल खेल्नेछन् ।

एन्फाले सार्वजनिक गरेको ड्र अनुसार समुह चरणका शीर्ष १३ टोलीबीच आइतबारबाट दोश्रो चरणको खेल सुरु भएको हो ।

आज प्रतियोगिताअन्तर्गत तीन खेल हुने तालिका रहेको छ ।

जसअनुसार दिनको पहिलो खेलमा थानकोटस्थित वीआर ब्रदर्श (हामी दाजुभाइ) ले बिहान ८ः३० बजे नेपालगञ्ज-११ को सामना गरेको छ । खेलमा नेपालगञ्ज-११ ले हामी दाजुभाइमाथि १०-० को एकपक्षीय जित हात पार्यो ।

अब तेस्रो चरणमा नेपालगञ्ज-११ ले मंगलबार भक्तपुर फुटबल क्लबको सामना गर्ने छ ।

सी डिभिजन लिग छनोटः आज थानकोटको वीआर ब्रदर्शले नेपालगञ्ज-११ को सामना गर्दै


Leave a Reply

Your email address will not be published. Required fields are marked *