सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Thankot Times

थानकोट ।

साताको पहिलो दिन आइतबार (मंसिर २१) नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा दुई लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार दुई लाख ५२ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ ।

शुक्रबार तीन हजार ५ सय ५५ रहेको प्रतितोला चाँदीको मूल्य ५० रुपैयाँ बढ्दै तीन हजार ६ सय ५ पुगेको महासंले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *