चन्द्रागिरिकी एकसहित कांग्रेसका यी ३२ निवर्तमान सांसद अब समानुपातिक सूचीमा बस्न पाउँदैनन्

Thankot Times

थानकोट ।

नेपाली काँग्रेस पार्टीले परिपत्रमा विधानको धारा ३३ (२) बमोजिम समानुपातिक तर्फबाट सांसद बनेकालाई दोहर्‍याउन नमिल्ने उल्लेख गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक) सदस्यको निर्वाचनतर्फको विधानको धारा ३२ को उपधारा (८) (क) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशन सहितको परिपत्र गर्ने ।’

त्यही निर्णयका आधारमा त्यसैदिन मातहतका पार्टी संरचनामा गरिएको परिपत्रमा २०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा समानुपातिक तर्फबाट  निर्वाचित भएका र २०७९ को प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक बन्दसूचीमा समावेश भएकालाई समेत उम्मेदवार सिफारिस नगर्ने भनेको छ । जसअनुसार २०७९ मा नेपाली कांग्रेसले समानुपातिक सूचीबाट सांसद बनाएकाहरू यी माननीयहरू पुनः समानुपातिक कोटाबाट संसद् छिर्न पाउनेछैनन् ।

१) सरस्वती बजिमय (खोटाङ)

२) कल्पना चौधरी (सुनसरी)

३) लिलादेवी वोखिम (ताप्लेजुङ)

४) सरिता प्रसाईं (झापा)

५) माया राई (भोजपुर)

६) विमलेन्द्र निधि (धनुषा)

७) संगीता मण्डल (महोत्तरी)

८) मञ्जु खाँण (सिरहा)

९) चन्दा चौधरी (सर्लाही)

१०) नागिना यादव (महोत्तरी)

११) मुक्ताकुमारी यादव (धनुषा)

१२) सीता मिजार (नुवाकोट)

१३) अञ्जनी श्रेष्ठ (चितवन)

१४) अम्बिका बस्नेत (काठमाडौं)

१५) डा. प्रकाशशरण महत (नुवाकोट)

१६) प्रतिमा गौतम (काठमाडौं)

१७) सुशीला थिङ (सिन्धुली)

१८) रमा कोइराला पौड्याल (भक्तपुर)

१९) सपना राजभण्डारी (काठमाडौं)

२०) शान्ति विक (चितवन)

२१) विनाकुमार थनेत (नवलरासी)

२२) जीवन परियार (कास्की)

२३) मनोरमा शेरचन (रुपन्देही)

२४) आशा विक (बाँके)

२५) जाबेदा खातुन जागा (बर्दिया)

२६) रुपा विक (कपिलवस्तु)

२७) कुमुम थापामगर (रुकुमपूर्व)

२८) मैना रावल कार्की (जाजरकोट, हाल चन्द्रागिरि)

२९) सीताकुमारी राना (दैलेख)

३०) कान्तिका सेजुवाल (जुम्ला)

३१) ईश्वरी न्यौपाने (कैलाली)

३२) डा. आरजु राणा देउवा (डडेल्धुरा)


Leave a Reply

Your email address will not be published. Required fields are marked *