गोदावरीबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *