धादिङमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, एक घाइते
थानकोट ।
धादिङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको सिद्धलेक गाउँपालिका–७, पिपलटारस्थित सडकमा ग १ त ५१४९ नम्बरको ट्याक्टर आइतबार दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा ट्याक्टरमा सवार बेनीघाट रोराङ गाउँपालिका–७ बस्ने २४ वर्षीय अमृत सेढाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार एकजनाको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार छन् ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।













