स्रोत नखुलेको नगद २० लाख रूपैयाँसहित कुलेश्वरबाट समातिए सरोज
थानकोट ।
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४, कुलेश्वरबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको नमोबुद्ध नगरपालिका–९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठ छन् ।
उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको जनाएको छ ।
साथै, थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप स्रोत नखुलेको नगद ३७ लाख ४७ हजार ३५० रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ ।













