क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Thankot Times

थानकोट ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन् ।

उनीलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाय गरेको मुद्दामा विशेष अदालतले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।

अदालतका प्रवक्ता यज्ञराज रेग्मीले प्रतिवादी अधिकारीलाई थुनामा पठाउने र मुरारी भण्डारीबाट ५ लाख धरौटी माग गर्ने आदेश भएको बताएका छन् । ।

भक्तपुरको नालिन्चोक हेलीप्याड निर्माणको  क्रममा भ्रष्टाचार गरेको आरोपमा १३ करोड ५७ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो ।

अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि बुधबार नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको थियो ।

यसअघि अख्तियारमा उपस्थित भएर बयान दिइरहेका उनीहरू बुधबार तारेखमा पुगेपछि नियन्त्रणमा लिएर मुद्दा चलाइएको हो ।

अधिकारी भैरहवा र पोखरा विमानस्थल निर्माणमा भएको हिनामिना प्रकरणमा पनि अनुसन्धान तानिँदैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *