सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

यस दिन सुन प्रतितोला ७ सय रुपैयाँले बढेर दुई लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार दुई लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय पाँच रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *