साफ महिला क्लब च्याम्पियनसिप : आज दुई खेल हुने तालिका

Thankot Times

थानकोट ।

साफ महिला क्लब च्याम्पियनसिपमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले सोमबार (मंसिर २२) भारतीय क्लब इस्ट बंगाल एफसीसँग खेल्दै छ । 

ट्रान्सपोर्टको यो दोस्रो खेल हो । ट्रान्सपोर्टले उद्घाटन खेलमा पाकिस्तानी क्लब कराची सिटी एफसीसँग गोलरहित बराबरी गरेको थियो ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । ट्रान्सफोर्ट भुटानी महिला लिगको उपविजेता हो ।

आजै हुने दोस्रो खेलमा कराची सिटी एफसी र बंगलादेशी क्लब नस्रिन स्पोर्ट्स एकेडेमीले प्रतिस्पर्धा गर्ने तालिका छ । यो दुवै टोलीको दोस्रो खेल हो । खेल दशरथ रंगशालामा साँझ ६ः०० बजे सुरु हुनेछ ।

कराचीले उद्घाटन खेलमा ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेलेको थियो । नस्रिनले भने सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग ४–० को हार व्यहोरेको थियो ।

प्रतियोगितामा कुल पाँच टिमको सहभागिता छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *