कीर्तिपुर नगरपालिकाले १४ देखि १८ वर्षसम्मका नगरबासीहरूका लागि भलिबल प्रशिक्षण सुरु गर्दै

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले भलिबल खेल प्रशिक्षण सुरु गर्ने भएको छ ।

बालबालिकाको खेलकुद सीप विकास, शारीरिक तन्दुरुस्ती तथा टोली भावना वृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलको प्रशिक्षण सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रशिक्षणमा सहभागी हुन ईच्छुक १४ वर्ष पूरा भै १८ वर्ष ननाघेका स्थानीय कीर्तिपुरबासी बालबालिकाहरुले यहि पुष ७ गते सोमबार कार्यालय समयभित्र कीर्तिपुर नगरपालिका सामाजिक विकास शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

प्रशिक्षणमा सहभागी हुन जन्मदर्ता प्रमाणपत्रको छायाँप्रति तथा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने बताइएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *