बालेनका बाबुको भन्दै असम्बन्धित व्यक्तिको फोटो राख्ने चन्द्रागिरिका अनलाइन पनि छड्केमा

Thankot Times

थानकोट ।

काठमाडाैं महानगरका मेयर बालेन्द्र शाहका पिताको भन्दै असम्बन्धित व्यक्तिको फोटो राख्दै समाचार बनाएका कतिपय अनलाइनले सो समाचारमा संलग्न फोटो सच्याएपनि कतिपयमा सो विवरण अझै यथावत रहेको भन्दै प्रेस काउन्सिल नेपाललै सूचना जारी गर्दै ती त्यस्ता अनलाइनको नाम सार्वनजनिक गरेको छ । 

गत साता दिवंगत भएका मेयर शाहका पिता रामनारायण शाहको फोटो भन्दै असम्बन्धित व्यक्तिको तस्बिर प्रयोग भएकोमा पछि अधिकांश सञ्चारमाध्यममा क्षमायाचनासहित भुल सुधार गरिएकोमा कतिपयले अझै असम्बन्धित व्यक्तिको फोटो नै यथावत राखेको पाइएको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

काउन्सिलका अनुसार अझै कम्तीमा ६८ वटा अनलाइन सञ्चारमा माध्यममा सो गलत विवरण रहेको छ । 

प्रेस काउन्सिल नेपालबाट जारी सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *