चन्द्रागिरि छैठाैं राष्ट्रपति शिल्ड खेलकुदः चाैथो दिनको खेल सकिँदा १७ विद्यालयले जिते स्वर्ण (सूचीसहित)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा गत शुक्रबारदेखि जारी छैठाैं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिताको चाैथो दिन सोमबारसम्म ५७ मध्ये २७ स्वर्ण पदकको टुंगो लागेको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना भइरहेको प्रतियोगितामा विभिन्न चार खेलका १७ विधा समावेश गरिएका छन् ।

प्रतियोगितामा नगरक्षेत्रका १९ सामुदायिक, २५ संस्थागत विद्यालय तथा ३ वटा क्याम्पसका ११४८ जना छात्र र ९२४ जना छात्राले मार्सल आर्टस्, भलिबल, ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स), कबड्डी खेल खेलका १७ वटा स्पर्धाका ५४ स्वर्ण ५४ रजत र ८० कास्य पदकका लागि आफ्नो खेल काैशल देखाइरहेका छन् ।

प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी खेलका स्पर्धाहरू थानकोटस्थित मंगलोदय माविमा निर्धारण गरिएका हुन् । कबड्डीका खेलका स्पर्धाहरू सोमबार सम्पन्न भएका छन् ।

यस्तै, मार्सल आर्टस् विधाका खेलहरू चन्द्रागिरि ५ दुरसञ्चारस्थित रिब्स माविमा तय गरिँदा ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदान र हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने तालिका रहेको छ । मार्सल आर्टस् विधाका स्पर्धाहरू सोमबार सम्पन्न भएका छन् ।

सोमबार सम्पन्न भएका खेलहरूसँगै पदक तालिकामा २८ विद्यालयले कुनै न कुनै पदक हात पारेका छन् ।

जसअनुसार १७ विद्यालयले कम्तीमा १ स्वर्ण प्राप्त गरेका छन् ।

सोमबार (मंसिर २२) सम्म कुन विद्यालयले कति पदक प्राप्त गरे सूची हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *