साफ महिला क्लब च्याम्पियनसिप : इस्ट बंगालको विजयी सुरुवात, कराची र नस्रिनले अंक बाँडे

Thankot Times

थानकोट ।

भारतीय क्लब इस्ट बंगाल एफसीले साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

इस्ट बंगालले सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–० ले पराजित गरेको हो ।

इस्ट बंगालको जित दिलाउन फजिला इक्वापुतले दुई गोल गरिन् । सुलञ्जना राउल र रेस्ती नान्जिरीले समान एक गोल गरिन् ।

३६औँ मिनेटमा फजिलाले इस्त बंगाललाई अग्रता दिलाइन् । ६०औँ मिनेटमा सुलञ्जनाले अग्रतालाई दोब्बर बनाइन् । ६३औँ मिनेटमा रेस्टी नाजिरीले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् ।

७२औँ मिनेटमा फजिलाले दोहोरो गोल गरेपछि इस्ट बंगालले ४–० को जित पक्का गरेको हो ।

यो नतिजासँगै इस्ट बंगाल तीन अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

ट्रान्सपोर्टले भने पहिलो हार व्यहोरेको छ । ट्रान्सपोर्टले यसअघि उद्घाटन खेलमा पाकिस्तानी क्लब कराची सिटी एफसी गोलरहित बराबरी गरेको थियो ।

कराची र नस्रिनले अंक बाँडे

साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानी क्लब कराची सिटी एफसी र बंगलादेशी टिम नस्रिन स्पोर्ट्स एकेडेमीले अंक बाँडेका छन् ।

सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कराची र नस्रिनबीच भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

प्रतियोगितामा यो कराचीको दोस्रो बराबरी हो । कराचीले यसअघि सम्पन्न उद्घाटन खेलमा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग गोलरहित बराबरी गरेको थियो ।

यो नतिजासँगै नस्रिनले दुई खेलमा दुई बराबरी खेल्दै तालिकामा दुई अंक जोडेको छ ।

नस्रिनको भने यो पहिलो बराबरी हो । यसअघि नस्रिनले भने पहिलो खेलमा घरेलु टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग ४–० को हार व्यहोरेको थियो ।

नस्रिनले दुई खेलमा समान एक हार र बराबरीसँगै पहिलो अंक जोडेको छ ।

सोमबार नै प्रतियोगिताअन्तर्गत भएको खेलमा भारतीय टोली इस्ट बंगालले भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीविरुद्ध ४–० को फराकिलो जित निकालेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *