फागुन १ को चुनावी प्रयाेजनका लागि भारतले १ हजारभन्दा बढी सवारी साधन दिने

Thankot Times

थानकोट ।

आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले एक हजारभन्दा बढी सवारी साधन दिने भएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भारत सरकारले चुनावी प्रयोजनका लागि एक हजार भन्दा बढी साना ढुला चार पाङ्ग्रे सवारी साधन दिने प्रतिबद्धता जनाएको रातोपाटीलाई बताए ।

नेपालस्थित भारतीय दूतावासले आयोगलाई गराएको जानकारी उद्धृत गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘सवारी साधनहरू आयोगले सिधै लिने होइन, अर्थ मन्त्रालयमार्फत सहयोग आउने हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *