यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोली घोषणा

Thankot Times

थानकोट।

संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो ।

प्रतियोगिता यही मंसिर २६ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालको पहिलो खेल श्रीलंकासँग मंसिर २७ मा हुनेछ ।  दोस्रो खेल मंसिर २९ बंगलादेश र तेस्रो पुस २ मा अफगानिस्तानसँग रहेको छ ।

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् । प्रतियोगिताका खेल आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् ।

नेपाली टोली :
अशोक धामी (कप्तान), नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक, विपीन शर्मा, वंश छेत्री, युवराज खत्री


Leave a Reply

Your email address will not be published. Required fields are marked *